dreamer

dreamer

Friday, October 8, 2010

बचेको जीवन

बचेको जीवन

समझी बस्छु अब कति छ मेरो भाग को ज़िन्दगी
कति छ मैले न भोगेको जीवन को परिहास
कति साथी छन मैले अझै पनी न भेटेको
कति वर्षा ऋतू छन मैले अहिले पनी न रुझेको
कति दृश्य छन न हेरेको
कति बाटो छन मैले न हिन्डेको
कति बिहान छ मैले उठ्नु पर्ने
कति रात छ मैले जागने
समझंछु अरु कति धर्मं छ बन्नू
कति बुद्ध छ जन्मिनु
कति आंखा छ रुनु
कति मन छ अझै बिज्नु
तरह मो यो पनि सम्झंछु कि
कोई त होला जसले मो जस्तै सोच्छ
या मो भन्दा राम्ररी वर्णन गर्छ
सफा-सीधा कुरा गर्छ
मो जस्तो भयभीत हुन्न
र सीधा सोध्ने हिम्मत छ त्यो संग
जसले हाम्रो भविष्य निर्धारित गर्छ
"भन मेरो भविष्य के हो"?
-narayan gautam (8th October'2010)

No comments:

Post a Comment