dreamer

dreamer

Monday, April 18, 2011

Be My River - Nepali Poem

तिमी मेरो खोला बनी देऊ

तिमी मेरो खोला बनी देऊ
जसमा बगेर मो आफ्नु जीवन को
दुख सुख दुवै बगाएर लान्छु

बगाएर लानेछु तिम्रो पनि दुख-सुख
तिम्रो बेदना अनि बगाउने छु तिम्रो र मेरो टाडापन
असत्य लाई पनि न छोडी बगाउने छु मो
आफ्नु अभाव लाई आफ्नु स्वभाव लाई पनि

खोला जस्तै विस्तिर्ण होई देउ
खोला जस्तै आफ्नु छेउ-छाउ बस्ती बन्नु देउ
सभ्यता उम्रिनु देउ आफ्नु वरी-परि
यस दुषित वातावरण लाई स्वच्छ र चिसो बतास देउ
जसमा लहरिने छ हाम्रो माया

आमा ले खोला मा पैसा फालेको जस्तै
तिमि मेरो विस्वास बनि देउ
विस्वास कि मलाई तिमीले वारि न राखिकन पारि पुर्याई दिने छौ
डुंगा मा बसेको बेला आफ्नु थप्केली ले मलाई अगाडी बडाउने छौ

मो तिम्रो किनारामा कुनै ढुंगा मा बसेर खुट्टा भिजाउने छु तिमि मा
तिम्रो शीतल स्पर्श महशुश गर्ने छु दिन का दिनै
रात का रातै
तिर्खा लाग्दा तिमि मा गएर प्यास मेटाउने छु
भोख लाग्दा तिमीले दिएको माछा खाउँला

यदि बाटो मा जाँदा जाँदा कुनै बाधा आएमा
तिमि रौद्र रुप लिई सपै बगाएर लैजाऊ
मलाई पनि लगे झन् राम्रो
कम से कम तिमि संग बिछुडिने भय त समाप्त हुने छ
त्येसैले तिमि मेरो खोला बनि देउ
जसमा बगेर मो आफ्नु जीवन को
दुख सुख दुवै बगाएर लान्छु

-नारायण गौतम
कलकत्ता, ४ अप्रिल २०११